भदौ २५,पाल्पा ।
पाल्पामा घरले च्याप्दा एक जनाको ज्यान गएको छ । बगनासकाली ६ खानीगाँउमा बुधबार राति कान्तिसरा कनौजेको घर एक्कासी भत्किएर घरमै सुतेका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो । कनौजेको २ वटा भैसी समेत घर भत्किएर पुरिएको छ ।
उनलाई स्थानीयले उद्धारगरी उपचारका लागि युनाइटेड मिसन अस्पतालमा ल्याएका थिए । तर उपचारको क्रममा कनौजेलाई चिकित्सवले मृत घोषणा गरेको पाल्पा प्रहरीले जनाएको छ ।












