भदौ २६,बुटवल ।
रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह नगरपालिका– ६ का ६० वर्षका पुरुषको शुक्रबार मृत्यु भएको हो ।
कोरोना परीक्षण गर्दा उनको पोजेटिभ रिपोर्ट आएपछि फिभर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेकामा शुक्रबार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।



ज्वरो, खोकी र श्वास प्रश्वासको समस्या देखिएपछि ती पुरुष लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । उनमा दम तथा छारे रोगको पनि समस्या देखिएको डा. गौतमले बताए ।









