भाद्र २७, बुटवल ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमीतको मृत्यु भएको छ ।
रुपन्देहीको ओमसतिया ५ का ४० वर्षीय पुरुषको भेन्टिलेटरमा राखी उपचार भइरहँदा शुक्रवार राती साढे १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।



गत भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा पोजिटिभ पुष्टी भएपछि उनलाई १६ गते कोरोना अस्पतालमा सारिएको थियो ।
उनको स्वास्थमा थप समस्या आएपछि २४ गतेबाट भेन्टिलेटरमा राखी उपचार गरिएको डा. थापाले बताए । मृतक युवामा मधुमेह रोगको समेत समस्या रहेको थियो ।









