भदौ २८,बुटवल ।
रुपन्देहीमा आइतबार १४ जना कोरोना संक्रमित थपिएका छन् । आज १४ जना थपिएसँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या १ हजार ६ सय ४४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज बुटवल उपमहानगरमा ५ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिकामा २ जना तथा देवदह नगरपालिका, मायादेबी गाँउपालिका, ओमसतिया गाँउपालिका र कञ्चन गाँउपालिकामा एक एक जना कोरोना संक्रमित थपिएका छन् ।



हप्ता भरीको रिपोर्ट संकलन गरेर शनिबार १२६ जना एकै दिन संक्रमित थपिएको बिवरण सार्वजानिक गरेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।









