भदौ २८, बुटवल ।
खोलाले बगाएर रुपन्देहीको देवदहमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–८ कालिका टोलकी ६२ वर्षीया भिमिश्वरा चिदी रहेकी छन् ।



जंगलमा बाख्रा चराउन गएकी उनलाई घोडाहा खोला तर्ने क्रममा बगाएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ ।
चिदीको शब देबदह–३ रोहिणी पुल नजिक फेला परेको प्रहरीले जनाएको छ । उक्त खोलामा पुल नहुँदा वर्षायाममा देवदह नगरपालिकाकै शरनटाँडी गाउँमा आवतजावतमा समस्या पर्ने गरेको छ ।
खोला तर्ने क्रममा बगेर शनिबार पनि रुपन्देहीकोे मर्चवारमा एक जनाको मृत्यु भएको थियो ।









