भदौ २८,काठमाडौं ।
सरकारले कोभिड-१९ संक्रमण पत्ता लगाउनका लागि गरिने पिसिआर परीक्षण शुल्क घटाएको छ।
यसअघि अधिकतम चार हजार रुपैयाँ लिने गरिएकोमा अब दुई हजार रूपैयाँमै पिसिआर परीक्षण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार सबै किसिमका शुल्क जोडेर अब पिसिआर परीक्षणका क्रममा ल्याबहरुले दुई हजारभन्दा धेरै लिन पाउने छैनन्।



‘पिसिआर परीक्षणसम्बन्धी शुल्क पुनरावलोकन गरेका छौं। रिएजेन्टसहितका सामानको मूल्य घटेका आधारमा यस्तो निर्णय लिइएको हो’, गौतमले भने, ‘कोभिड-१९ को परीक्षण शुल्क निजी, सार्वजनिक र सरकारी सबै प्रयोगशालामा २ हजारभन्दा नबढी लिने व्यवस्था मिलाइएको छ।’








