बुटवल –
कोरोना बिशेष अस्पतालमा बुटवलमा थप एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी बिस्नु गौतमले दिएको जानकारी अनुसार अस्पतालमा २१ भदौमा कोरोना पुष्टि भएपछि भर्ना भएकी उनको आईसीयूमा उपचार गर्दागर्दे आज बिहान मृत्यु भएको हो ।



उनी मिर्गौला रोगबाट पीडित रहेकोले डायलासिस भइरहेको डा. गौतमले बताए ।









