भदौ २९,बुटवल ।
रुपन्देहीमा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेकी ६४ बर्षिया महिलाको सोमबार मध्यान्ह २ः३५ बजे मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालको फिभर क्लिनिकमा आएर पीसीआर जाँच गराएकी उनमा ज्वरो, स्वासप्रश्वासको समस्या देखिएको थियो। उनी अस्पताल आउँदा नै अवस्था गम्भिर रहेकोमा परीक्षणको रिपोर्ट र उपचारको ब्यवस्थापन गर्दा गर्दै बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।



उनलाई अस्पतालमा भर्ना गरेर उपचार थालिएकोमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनको रिपोर्ट पोजेटिभ आएको थियो।









