बुटवल ।
बुटवल उपमहानगरमा ३० सहित रुपन्देहीमा मंगलबार ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँँगैै रुपन्देहीमा कोेरोेना संक्रमितको कुल संख्या १ हजार ८ सय २१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरमा ३० सहित रुपन्देहीमा मंगलबार ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।



मंगलबार रोहिणी गाउपालिकाका ११ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, कञ्चन गाँउपालिकाका ६ जना र देवदह नगरपालिकाका ३ जना गरी ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लामा ८ सय ३९ जना कोरोना भाइरस संक्रमित उपचार पछि निको भएर घर फर्कीएका छन भने १६ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।
रुपन्देहीमा हाल ९ सय ६२ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।









