भदौ ३१,बुटवल।
बुटवल उपमहानगरपालिकाका २४ सहित रुपन्देहीमा बुधबार थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँँगैै रुपन्देहीमा कोेरोेना संक्रमितको कुल संख्या १ हजार ८ सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४ सहित रुपन्देहीमा बुधबार ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।



बुधबार रुपन्देहीको सैनामैना नगरपालिकाका ६ जना,सिद्धार्थनगर नगरपालिकामा ५ जना, तिलोत्तमा नगरपालिकाका ४ जना र सियारी गाँउपालिकाका १ जना गरी ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लामा १ हजार १ सय जना कोरोना भाइरस संक्रमित उपचार पछि निको भएर घर फर्कीएका छन भने २० जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।
रुपन्देहीमा हाल ७ सय ४१ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ









