भदौ ३१,गुल्मी ।
गुल्मीमा भदौ १९ गतेदेखि जारी गरिएको निषेधाज्ञा हटाइएको छ । कोरोनाको जोखिम बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाएको थियो ।
बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले अर्को सूचना जारी नहुन्जेल जिल्लामा जारी गरिएको निषेधाज्ञालाई हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।



कोरोनाको जोखिम कायमै रहेकोले भदौ १९ कै निर्णय अनुसार समय तालिका बनाएर व्ययसाय सञ्चालन गर्न दिइने निर्णय भएको पन्थीले जानकारी दिए ।
निषेधाज्ञा हटाइए पनि दूग्ध व्यवसाय बिहान ९(११ बजेसम्म, साँझ ४(६ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएकोे छ । तरकारी र फलफूल पसलहरु बिहान ७(९ बजेसम्म र साँझ ४(६ बजेसम्म खुल्ला गर्न पाउनेछन् । अन्य पसल, उद्योग व्यववसाहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने व्यवस्था मिलाइएको छ ।
अस्पताल, औषधि पसल र पेट्रोलपम्प लगायत अति आवश्यकीय सेवाहरु भने २४ सै घण्टा सञ्चालनमा रहने छन् ।









