काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, ओखलढुङ्गाका १, झापाका ६, भोजपुरका २, मोरङका ११८, सुनसरीका ५८, धनुषाका ९, पर्साका १७, बाराका ७८, रौतहटका ६, सप्तरीका ४५, सर्लाहीका २, सिरहाका १९, काठमाडौँका ६९८, काभ्रेका ६, चितवनका १९१, दोलखाका १, धादिङका १४, नुवाकोटका ६, भक्तपुरका ८२, मकवानपुरका ३०, रामेछापका ६ र ललितपुरका ७९ जनामा कोरोना पुष्टि भएको छ।



यस्तै सिन्धुपाल्चोकका ३, कास्कीका ८६, गोरखाका १२, तनहुँका ५, नवलपरासीपूर्वका ३९, लमजुङका ६, अर्घाखाँचीका ९, कपिलवस्तुका ६, गुल्मीका ६, दाङका २४, नवलपरासीका ४१, पाल्पाका ३, प्यूठानका १, बर्दियाका १८, बाँकेका २, रुपन्देहीका ८६, रोल्पाका ९, दैलेखका १, रकुमपश्चिमका २३, सुर्खेतका ११७ , अछामका १६, कञ्चनपुरका ७, कैलालीका १७, डोटीका १, बझाङका १, बाजुराका ३ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौँ उपत्यकामा मात्रै शुक्रबार थप ८५९ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाकाे कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ५ पुरुष छन्।
माेरङका ६६/६६ वर्षीय दुई पुरुष, काठमाडौँका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १७ हजार ३ सय ८३ जना कोरोना संक्रमित छन्। क्वारेन्टिनमा रहेकाहरुको संख्या ७ हजार ७ सय ३६ रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १८३ जनाको आईसीयुमा र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु, रसुवा र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सुनसरी, सिराहा, काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, चितवन रुपन्देही र भक्तपुरमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।








