बुटवल ।
बुटवल उपमहानगरपालिकामा शुक्रबार एकै दिन ४२ जना नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।यससँगै बुटवलमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ८६ पुगेको छ ।



पछिल्लो २४ घण्टा भित्रमा बुटवलको वडा नं ९, ११ र १३ मा ५/५ जना, वडा नं ३,४ र १२ मा ४/४ जना, वडा नं ८ मा ३ जना, वडा नं १, ६ र ७ मा २/२ जना, वडा नं २ मा १ जना तथा वडा नं नखुलेका ५ जना गरी ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बुटवल उपमहानगर स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिनुभयो ।









