काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ओखलढुंगाका ३, खोटाङका १, झापाका ३, मोरङका २२, सुनसरीका २३, धनुषाका २, पर्साका ६, बाराका १११, महोत्तरीका १, रौतहटका २, सप्तरीका १९, सर्लाहीका १५, सिरहाका ८, काठमाडौँका ५७०, काभ्रेका १४, चितवनका ७, दोलखाका ५, धादिङका १३, नुवाकोटका ४, भक्तपुरका ८३, मकवानपुरका १८, रामेछापका ९, ललितपुरका ५८ र सिन्धुपाल्चोकका ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ।



यस्तै सिन्धुलीका ७, कास्कीका १३, गोरखाका ४, तनहुँका ५, नवलपरासीपूर्वका ४५, पर्वतका २, लमजुङका ५, स्याङ्जाका ३, अर्घाखाँचीका ३, कपिलवस्तुका ३, दाङका २८, नवलपरासीका १, पाल्पाका २, प्यूठानका १, बर्दियाका ४, बाँकेका २०, रुपन्देहीका १, दैलेखका २, सुर्खेतका ३, कञ्चनपुरका २, कैलालीका ८, डडेल्धुराका ३, दार्चुलाका २१ र बैतडीका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा सात महिला र चार पुरुष छन्।
मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षीया महिला, सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरकी ७६ र ६८ वर्षीया महिला तथा ६० वर्षीय पुरुष, काठमाडौँकी ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरकी ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ। देशभर ७ हजार ७ सय ३५ जना क्वारेन्टिनमा छन्।
सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा कोरोना संक्रमितको संख्या शून्य रहेका छ। यस्तै मोरङ, सुनसरी, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल १ सय ७९ जना कोरोना संक्रमितको आईसीयु र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।








