
बुटवल ।
नेपाल सरकार तथा ठूला राजनीतिक दलहरुले नेपालको संबिधान २०७२ सर्वस्वीकार्य बन्दै गइरहेको दाबी गरिरहेका बेला राष्ट्रिय जनमुक्ति पार्टीले भने संबिधान पुनर्लेखनको माग गर्दै संबिधानको बिरोधमा खबरदारी गरेको छ ।
सरकारले औपचारीक कार्यक्रम गरी संबिधान दिवस मनाइरहदा राष्ट्रिय जनमुक्ति पार्टीले संबिधान दिवसकै दिन आज बुटवलमा संबिधान पुनर्लेखनको माग गर्दै संबिधानको बिरोधमा खबरदारी गरेको हो ।



राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश ५ को आयोजना र पार्टीको रुपन्देही जिल्ला कमिटीको व्यवस्थापनमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका उपाध्यक्ष तथा प्रवास बिभाग प्रमुख कमला थापाले नेपालको संविधान–२०७२ ले आम नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको भन्दै नेपालका आदीवासी जनजाती तथा उत्पिडित समुदायका अधिकार सूनिस्चित हुनेगरी संबिधान पुनर्लेखन गर्नुपर्नेमा जोड दिइन् ।
पार्टीका प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश अध्यक्ष गुरुङ्ग,पार्टी निकट पुर्ब सैनिक संगठनका अध्यक्ष भीम बहादुर राना,पार्टीका प्रदेश सह सचिब चीत्र प्रसाद गुरुङ्ग,रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापा लगायतले सम्बोधन गर्दै बर्तमान संबिधान पुनर्लेखनको बिकल्प नभएको बताएका थिए ।









