
एजेन्सी ।
भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २० जनाको ज्यान बचाएका छन् ।
यो भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने आशंका गरिएको छ ।



दुर्घटना सोमबार बिहान करिब पौने चार बजे भएको हो । मुम्बईा पछिल्लो दुई दिनदेखिको भारी वर्षाका कारण भवन कमजोर भइसकेको आशंका गरिएको थियो । यसमा २१ परिवार बस्दथे । एनडीआरएफको समूहले सोमबार बिहान एक बच्चालाई सुरक्षित निकालेको छ ।
सुरुवाती जानकारीका अनुसार भवन सन् १९८४ मा बनेको थियो ।









