काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, झापाका २०, तेह्रथुमका १, धनकुटाका १, भोजपुरका २, मोरङका ५७, संखुवासभाका ४, सुनसरीका ७७, धनुषाका ११, पर्साका ११, बाराका १५, रौतहटका ४, सप्तरीका ८, सर्लाहीका १, सिरहाका ३३, काठमाडौँका ५११, काभ्रेका ३०, चितवनका २२, दोलखाका ४, धादिङका ३, नुवाकोटका १, भक्तपुरका ६३, मकवानपुरका ८, रामेछापका ९ र ललितपुरका ७३ जनामा कोरोना पुष्टि भएको छ।



यस्तै सिन्धुपाल्चोकका २, सिन्धुलीका २, कास्कीका १५, गोरखाका २, तनहुँका २५, पर्वतका ३, लमजुङका ६, बागलुङका १६, स्याङ्जाका ४, अर्घाखाँचीका २, कपिलवस्तुका १९, गुल्मीका २, दाङका १९, नवलपरासीका ८, पाल्पाका ८, प्यूठानका ८, बर्दियाका २७, बाँकेका ५८, रुकुमपूर्वका २५, रुपन्देहीका ७४, रोल्पाका १५, दैलेखका १, सुर्खेतका ४४ र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र एक पुरुष छन्।
काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेकी ५० वर्षीया महिलाले पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ।
मन्त्रालयका अनुसार मंगलबार ८ सय २३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १८ हजार १ सय ४२ जना संक्रिय संक्रमित छन्। ७ हजार १ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २२३ जनाको आईसीयुमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।








