बुटवल ।
रुपन्देहीमा बुधबार ७३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २६ जना महिला र ४७ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार २०० पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा २३/२३ जना, तिलोत्तमा नगरपालिकामा १६ जना, देवदह नगरपालिकामा ६ जना, कन्चन गाउँपालिकामा ३ जना, सैनामैना नगरपालिका र सियारी गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।



रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार ४५० जना संक्रमित निको भएका छन भने ७२९ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।









