कपिलवस्तु
कपिलबस्तुमा विद्युत प्राधिकरणको गाडी बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएको छन् । वाणगंगा नगरपालिका–७ मा कोइली खोलाले जिनुवाबाट विद्युत मर्मत गरी फर्कियोको बा १ ञ १०८९ नम्बरको गाडीलाई बुधबार बगाउँदा १ जनाको मृत्यु भएको हो।
सोही गाडीका चालक गुल्मीको रेसुङ्गा नगरपालिका–५ का ३५ वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ भने विद्युत प्राधिकरण कपिलबस्तुका शाखा प्रमुख ५२ वर्षीय कृष्ण प्रसाद पौडेल र अर्घाखाँचीको सितगंगा नगरपालिका–१३ का ६२ वर्षीय जित बहादुर भाट क्षेत्री बेपत्ता भएको प्रहरीले जनाएको छ ।



उक्त गाडीमा ६ जना रहेको र ३ जना पौडी खेलेर बँच्न सफल भएका थिए ।
उद्धारका लागि जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली घटना स्थलमा खटिएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो । यद्यपि आज साँझ भएकोले खोलामा हराईरहेका थप दुई जनाको शव निकाल्न गाह्रो भएको छ ।
बुधबार विहान मात्र सोही पुलमा आएको बाढीले स्थानीय देवीराम पोखरेलको लु १२ प ३५०३ नम्बरको होण्डा बाइक बगाएको थियो । उक्त बाइकलाई स्थानीयले उद्धार गरेका थिए









