काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका २, ओखलढुङ्गाका १२, झापाका ४, भोजपुरका १, मोरङका ७३, संखुवासभाका ३, सुनसरीका १३, धनुषाका १०, पर्साका २३, बाराका ६, महोत्तरीका ४, रौतहटका ४, सप्तरीका १६, सर्लाहीका १, सिरहाका २३, काठमाडौँका ६०९, काभ्रेका १२, चितवनका १३७, दोलखाका ३, धादिङका ४, नुवाकोटका ८, भक्तपुरका ५१, मकवानपुरका २१, रामेछापका १, ललितपुरका ९५, सिन्धुलीका ५, कास्कीका ८, गोरखाका ९ र तनहुँका १७ जनामा कोरोना पुष्टि भएको छ।



यस्तै नवलपरासीपूर्वका १४, पर्वतका ६, म्याग्दीका १, लमजुङका २, बागलुङका १२, स्याङ्जाका ८, अर्घाखाँचीका ३, कपिलवस्तुका २, गुल्मीका ४, दाङका ९, नवलपरासीका १४, पाल्पाका ४, प्यूठानका ६, बर्दियाका २४, बाँकेका ५३, रुपन्देहीका ८६, दैलेखका २, सल्यानका ४, सुर्खेतका ३, अछामका १, कञ्चनपुरका ४, कैलालीका ४५, डढेलधुराका १, डोटीका ४, दार्चुलाका १, तथा बैतडीका १० जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौँ उपत्यकामा मात्रै ७५५ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १२ पुरुष र ५ महिला छन्। मोरङकी ५५ वर्षीया महिला, झापाका ७८ वर्षीय पुरुष, सुनसरीकी ८१ वर्षीया महिला, धनुषाका ६८ र ७० वर्षीय पुरुष, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ८४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, काठमाडौँकी ८२ वर्षीया महिला तथा ७५, ८० र ७९ वर्षीय पुरुष, धादिङकी ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुष, कपिलवस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ।
मन्त्रालयका अनुसार बिहीबार ४ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ११ हजार ४ सय ४९ जनाकाे पीसीआर परीक्षण गरिएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ। यस्तै ६ हजार ५ सय ६५ जना क्वारेन्टिनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २३२ जनाको आईसीयुमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।








