असोज ८,बुटवल ।
रुपन्देहीमा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा २३ महिला ५९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
८२ जनामध्ये बुटवल उपमहानगरमा मात्रै ४२ जना छन् । यस्तै तिलोत्तमा नगरपालिकामा १९ जना, सिद्धार्थनगर नगरपालिकामा ९ जना, सैनामैना नगरपालिकामा ५ जना, रोहिणी गाउँपालिकामा ३ जना तथा देवदह नगरपालिका र ओमसतिया गाँउपालिकामा २-२ जना नयाँ संक्रमित थपिएका छन् ।



योसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २२ सय ८२ पुगेको छ । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १५ सय ३१ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।









