काठमाडौं ।
निर्माता निर्देशक आकाश अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि अभिनेता शिव श्रेष्ठ र सौगात मल्ललाई अनुबन्धित गरेका छन् । तिहारपछि छायांकन सुरु हुने भनिएको यो चलचित्रको नाम उनले सार्वजनिक गरेका छैनन् ।
प्रदर्शनको तयारीमा रहेको लप्पनछप्पन–२ मा शिव र सौगात मुख्य भूमिकामा छन् । फेरि यी दुई आकाशको यो नयाँ फिल्ममा अनुबन्धित भएका हुन् ।




यी अभिनेतासँगै हास्य कलाकार रवीन्द्र झा र सुनिल कटुवाललाई पनि उनले बिहीबार यो फिल्ममा अनुबन्धित गरेका छन् । आफू पनि एक महŒवपूर्ण भूमिकामा आकाशले अभिनय गर्ने भएका छन् । आफ्नो चलचित्रको कथा सस्पेन्स थ्रिलर हुने निर्देशक आकाशको कथन छ ।
आकाशले नै लेखेको यो चलचित्रमा राजनराज सिवाकोटी र शिखर सन्तोषको संगीत, अम्विका शर्मा र राजनराज सिवाकोटीको गीत, नवराजकृष्ण थापाको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ । स्काई मूभिजको ब्यानरमा उनले यो चलचित्र निर्माण गर्दै छन् ।









