काठमाडौं ।
युवा पुस्ताको नेपाली संगीतमा आकर्षण बढेको बेला युवा गायक गायक आशिष हल्क कार्की पनि नयाँ गीत लिएर दर्शक–श्रोतामाझ आएका छन् । उनले आफ्नो नयाँ गीत एक्लो यो रात…बजारमा ल्याएका हुन् । यो गीत पप फ्युजन जनराको रहेको छ ।

यो गीतको रचना र संगीतकार पनि आशिष आफैं हुन् । गीतको भिडियोमा पनि उनी आफैंले अभिनय गरेका छन् । वियोगान्त शैलीको यो गीतले प्रेम टुटेको एक युवाको पीडाको कथा भनेको छ ।
उनको यो भिडियोको निर्देशक अनुप चापागाईंले गरेका हुन् । गीतको भिडियोमा नव अभिनेत्री शिल्पा थापा र गायक आषिश जोडी बनेर प्रस्तुत भएका छन् । दुवैले गीतको भिडियोमा निकै राम्रो अभिनय गरेका छन् । विष्णु कार्कीको निर्माण रहेको एक्लो रात गीतको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।



गायक आशिषले स्कुले जीवनदेखि नै गायन यात्रा सुरु गरेका थिए । उनले संगीत ऐच्छिक विषय लिई होली गार्डेनमा विद्यालयमा अध्ययन गरेका हुन् । विभिन्न सांगीतिक वाद्यवादन बजाउन सिपालु गायक आशिष हल्क कार्की यो गीतबाट दर्शक–श्रोताको मन जित्नेमा आफू विश्वस्त रहेको बताउँछन् ।
पुरा भिडियो हेर्नुहोस्:









