काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोटाङका ३, झापाका १४, ताप्लेजुङका १, तेह्रथुमका १, मोरङका ६९, सुनसरीका २८, धनुषाका ११, पर्साका १५, बाराका १०, महोत्तरीका ५५, रौतहटका १, सप्तरीका ३, सर्लाहीका ३९, सिरहाका १३, काठमाडौँका ५०३, काभ्रेका ७, चितवनका ६७, दोलखाका १, धादिङका ४, नुवाकोटका ३, भक्तपुरका ५१, मकवानपुरका ९, रामेछापका ४, ललितपुरका ९१, सिन्धुपाल्चोकका २, सिन्धुलीका २, कास्कीका १९, गोरखाका १६ र तनहुँका १ जनामा कोरोना पुष्टि भएको छ।



यस्तै नवलपरासीपूर्वका २४, लमजुङका ५, बागलुङका ८, स्याङ्जाका ४, अर्घाखाँचीका ४, कपिलवस्तुका ६, गुल्मीका ६, दाङका ९, नवलपरासीका २, पाल्पाका ६, प्यूठानका १३, बर्दियाका ६, बाँकेका ३२, रुपन्देहीका ६१, दैलेखका १, सल्यानका १४, सुर्खेतका ९, अछामका २५, कञ्चनपुरका १, कैलालीका ६, डोटीका २, दार्चुलाका १ तथा बझाङका २५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन्।
मोरङकी ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय पुरुष, ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौँकी ७५ वर्षीया महिला र कपिलवस्तुकी ७० वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म कोरोनाबाट देशभर ४५९ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १ हजार ४ सय ५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ। यस्तै ६ हजार ४ सय ६४ जना क्वारेन्टिनमा रहेका छन्।
मन्त्रालयका अनुसार देशभर २ सय २७ जनाको आईसीयुमा र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।








