काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १, झापाका ७, भोजपुरका २, मोरङका ७८, सुनसरीका २३ सोलुखुम्बुका १, धनुषाका ४, पर्साका २४, बाराका ४, महोत्तरीका १, रौतहतका ६, सप्तरीका ११, सर्लाहीका ४, सिरहाका १, काठमाडौँका ५८३, काभ्रेका १७, चितवनका १२, दोलखाका १, धादिङका ७, नुवाकोटका २, भक्तपुरका ६३, मकवानपुरका १७, रामेछापका ७, ललितपुरका ७८ र सिन्धुपाल्चोकका ४ जनामा कोरोना पुष्टि भएको छ।



यस्तै सिन्धुलीका १५, कास्कीका १०, गोरखाका ३, तनहुँका ४, नवलपरासीपूर्वका १, लमजुङका १, बागलुङका १, स्याङ्जा ४, अर्घाखाँचीका २, कपिलवस्तुका ३, गुल्मीका ५, दाङका २८, नवलपरासीका १०, पाल्पाका ३, बर्दियाका ७, बाँकेका ३०, रुपन्देहीका ७३, रोल्पाका ६, सल्यानका १, अछामका १३, कञ्चनपुरका १, डोटीका १५, दार्चुलाका ५, बझाङका २ र बैतडीका १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सबै पुरुष छन्।
सप्तरीका ६३ वर्षीय, काठमाडौँका २० वर्षीय र ७४ वर्षीय, भक्तपुरका ८८ वर्षीय, मकवानपुरका ७४ वर्षीय, ललितपुरका ७६ वर्षीय, रुपन्देहीका ७२ वर्षीय र कैलालीका ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ।
मन्त्रालयका अनुसार शनिबार १ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर १८हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्। यस्तै ६ हजार ३ सय ३१ जना क्वारेन्टिनमा छन्।
हाल देशभर २२४ जना कोरोना संक्रमितको आईसीयुमा र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।








