
काठमाडौं ।
गायक पुस्कल शर्मा र विष्णु माझीको सुमधुर आवाजमा नयाँ लोकदोहोरी गीत ‘एक दिन’ सार्वजनिक भएको छ ।
पिताम्बर विस्ट आनन्दको शब्द रचनामा गायक पुस्कलले नै संगीत भरेका छन् । सो गीत शुक्रवार पुस्कल शर्मा यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।



सार्वजनिक भएको २ दिनमा (समाचार तयार पार्दासम्म ) यो गीतको भिडियो ८१ हजार ६ सय ५८ पटक हेरिएको छ । यो गीत सार्वजनिक भएको केही समयमै यूट्युबको ट्रेण्डिङमा पर्न सफल भएको छ ।
मन्दिर म्युजिकको प्रस्तुतिमा रहेको यस गीतमा पुस्कल शर्मा र सारिका केसीले मोडलिङ गरेका छन् । गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् भने बिमल छिनाल र राजेन्द्र बाजुरालीले रेकर्डिङ गरेका हुन् ।
गायक शर्माका यसअघिका विभिन्न गीतहरू चर्चामै रहिरहने गीतहरू हुन् । पुष्कलका अधिकांश गीतलाई श्रोता तथा दर्शकले रुचाएका छन् ।
पुरा भिडियो हेर्नुहोस् :









