बुटवल ।
रुपन्देहीमा आइतबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १७ महिला र २५ पुरुष गरी रुपन्देहीमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ५४ पुगेको छ ।



स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार बुटवल उपमहानगरपालिकाका ७ महिला र १७ पुरुष गरी २४ जना, तिलोत्तमा नगरपालिकाका ३ महिला र ३ पुरुष गरी ६ जना, सिद्धार्थनगर नगरपालिकाका ४ महिला र १ पुरुष गरी ५ जना, ,सैनामैना नगरपालिका १ महिला र २ पुरुष गरी ३ जना तथा देवदह नगरपालिका,मायादेवी गाउपालिका र ओमसतिया गाउपालिकाका १÷१ जना गरी ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
रुपन्देहीमा हालसम्म १ हजार ७ सय ६३ जना कोरोना संक्रमित निको भएका छन भने हाल ६ सय ७० जना उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा हासम्म २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।









