बुटवल ।
रुपन्देहीमा सोमबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १० जना महिला र ३२ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ४९६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकामा २३ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिकामा १२ जना, सैनामना नगरपालिकामा १ जना, देवदह नगरपालिका १ र सियारी गाउँपालिकामा २ जना संक्रमित थपिएका छन् ।



आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ४ सय ९६ पुगेको छ ।
कार्यालयका अनुसार हालसम्म २२ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १८४१ जना निको भएर फर्किसकेका छन् भने ६३४ जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन्। ७८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्।









