काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, उदयपुरका २, ओखलढुङगाका १, झापाका ९, तेह्रथुमका २, भोजपुरका १ र मोरङका १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



यस्तै सुनसरीका ३२, धनुषाका १०, पर्साका २३, बाराका ४, महोत्तरीका २, सप्तरीका ५, सर्लाहीका ६, सिरहाका ८ जना रहेका छन् भने काठमाडौँका ७४७, काभ्रेका १३, चितवनका ६२, धादिङका ४, नुवाकोटका ४, भक्तपुरका ७३, मकवानपुरका ६, रामेछापका १, ललितपुरका ११४, सिन्धुपाल्चोकका १, सिन्धुलीका ३, कास्कीका १६, गोरखाका २ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी नवलपरासीपूर्वका १५, स्याङ्जाका २, कपिलवस्तुका १८, गुल्मीका २, दाङका ११, नवलपरासीका ५, पाल्पाका ६, बर्दियाका १९, बाँकेका ४१, रुपन्देहीका ९५, रोल्पाका १, रुकुमपश्चिमका १, कञ्चनपुरका ८, कैलालीका २७, डढेलधुराका १, डोटीका १, तथा बैतडीका ७ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र सात पुरुष छन्।
मोरङका ६८ वर्षीय पुरुष, सर्लाहीकी ७२ वर्षीया महिला, महोत्तरीका ५८ पुरुष, काठमाडौँकी ५७ वर्षीया महिला तथा ६० र ७० वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष र बाँकेकी ७६ वर्षीया महिला तथा ५३ र ३९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ७ सय ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको छ भने ५ हजार ७ सय ७८ जना क्वारेन्टिनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय १३ जनाको आईसीयुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।








