बुटवल ।
बुटवल उपमहानगरपालिकाका ४५ जना सहित रुपन्देहीमा मंगलबार ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालामा गरिएका परीक्षण अनुसार शुक्रबार साँझ साढे ५ बजेसम्म विभिन्न ७ पालिकामा २० महिला र ४८ पुरुष कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो।
शाहका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा १५ महिला ३० पुरुष गरी ४५ जनामा थप संक्रमण देखिएको छ।
त्यस्तै सिद्धार्थनगरमा १० जना, तिलोत्तमामा ७ जना, सैनामैना र शुद्धोधनमा २र२ जना, देवदह र लुम्बिनी सांस्कृतिकमा १र१ जनामा संक्रमण पुष्टि भएको छ।



पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै रुपन्देहीमा संक्रमितको संख्या २ हजार ५ सय ६४ पुगेको छ। मंगलबार रुपन्देहीमा ६३ जना संक्रमणमुक्त भएका छन्।









