बुटवल ।
बुटवलका १८ सहित रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २ हजार ६ सय ११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लामा १२ महिला र ३५ पुरुष गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।



जिल्लामा बुटवलमा सबै भन्दा धरै १८ जना, तिलोत्तमा नगरपालिकामा १३ जना,सिद्धार्थनगरमा ८ जना, सैनामैनामा ३ जना, देवदह र सुद्धोधनमा २÷२ जना तथा सियारीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म जिल्लामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ९ सय ३२ जना निको भएर घर फर्केका छन् ।









