बुटवल ।
रुपन्देहीमा बिहीवार ९१ जना कोरोना संक्रमित थपिएका छन् भने १५ संक्रमित डिस्चार्ज भएका छन् । जसमध्ये ३२ जना महिला र ५९ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ७२० पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीवार बुटवल उपमहानगरपालिकामा ५४ जना, तिलोत्तमा नगरपालिकामा १६ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सुद्धोधन गाउँपालिकामा ५, सैनामना नगरपालिकामा ४ जना, सियारी गाउँपालिकामा २, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।



रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार ९ सय ४७ जना संक्रमित निको भएका छन भने ७३० जना उपचाररत अवस्थामा रहेका छन् ।









