एजेन्सी ।
संसारमा करीब ५० वर्षदेखि ह्याण्ड स्यानिटाइजरको प्रयोग भइरहेको छ। तर कोरोना भाइरस फैलिएपछि यसको माग अत्याधिक छ।
अहिले हर काेहीले स्यानिटाइजर प्रयाेग गर्न थालेका छन्। यतिबेला डर, त्रासकै कारणले पनि मान्छेहरू स्यानिटाइजरको प्रयोग गरिरहेका छन् । एक अध्ययनका अनुसार ह्याण्ड स्यानिटाइजर अथवा तरल साबुनको माग ४ सय भन्दा बढी प्रतिशतले बढिरहेको छ ।



तर तपाईंलाई थाहा छ, यसलाई कसले बनाएको हो ?
सन् १९६६ मा क्यालिफोर्नियाको बेकर्सफिल्डमा अध्ययन गरिरहेकी एक विद्यार्थी लुप हर्नान्डेजले सोचिन् कि हात बिना साबुनपानीले पनि सफा गर्न सकिन्छ। हातमा साबुन र पानी नलगाइकन पनि सफा गर्न सकिन्छ भनेर उनले सोच्नु नै स्यानिटाइजरको आविष्कार हुनु थियो ।
जब डाक्टर बिरामीसँग जान्छन् त्यतिबेला साबुनपानीले हात धुन लगाउने समयको सट्टा छिटो कसरी हात सफा गर्न सक्छन् भन्ने उनको उद्देश्य थियो ।
जब उनले अल्कोहललाई जेलजस्तै बनाएर हातमा लगाइन् तब हातका किटाणुहरू मरे । अनि संसारलाई ह्याण्ड स्यानिटाइजर् प्राप्त भयो ।
अहिले संसारभर उनलाई धन्यवाद दिनेको संख्या बढ्दै छ। सामाजिक सञ्जाल ट्वीटरमा फोर्दाम विश्वविद्यालय पुस्तकालय नामको ह्यान्डलले उनको नाम लिँदै हामी आभारी छौं भनेको छ ।
त्यस्तै जोश नामका एक ट्वीटर प्रयोगकर्ताले लुप हर्नान्डेजलाई धेरै धन्यवाद भन्दै पोस्ट गरेका छन्।








