बुटवल ।
रुपन्देहीमा शुक्रबार ७७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २५ जना महिला र ५२ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ७७९ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकामा ४४ जना, तिलोत्तमा नगरपालिकामा २० जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना, देवदह नगरपालिकामा ३ जना, सियारी गाउँपालिका र कन्चन गाउँपालिकामा २/२ जना तथा सैनमैना नगरपालिका र सुद्धोधन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।



रुपन्देहीमा कूल संक्रमित मध्ये २ हजार १९ जना संक्रमित निको भएका छन । पछिल्लो २४ घण्टामा १५ संक्रमित डिस्चार्ज भएका छन् भने ७३५ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।









