
रुपन्देही, १७ असोज ।



प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै नेपाली कांग्रेसले रुपन्देहीले भोली असोज १८ गते जिल्ला बन्दको घोषणा गरेको छ ।बन्द को अघिल्लो दिन आज बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएको हो ।
कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।
आज राँके जुलुस, भोली रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएको नगर सभापति खेलराज पाण्डेले बताउनुभयो ।








