
नवलपरासी ,१७ असोज
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं। २ मनरीमा दुई दिने गाई,भैंसी तथा बाख्रा पालन तालिम सम्पन्न भएको छ ।सरावल गाउँपालिका पशुशाखाको आयोजनामा वडा वडा नं। २ का कार्यवाहक अध्यक्ष बिजय सिंह गुप्ताको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो।तालिममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले आधुनिक र व्यवसायिक तरिकाले गाई,भैंसी तथा बाख्रा पालन गरी आम्दानी गर्ने तथा तालिममा सिकेका कुराहरुलाई लागु गर्नुपर्ने कुरामा सबैको जोड थियो ।तालिममा सरावल गाउँपालिका वडा नं। २ अन्तर्गत ३० जना पशुपालक कृषकहरुको सहभागीता रहेको पशु प्राबिधिक यम अर्यालले जानकारी दिनुभएको हो ।तालिमको सहजिकरण पशु प्राबिधिक भरत काफ्ले तथा धर्मेन्द्र यादवले गर्नुभएको थियो












