काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ७, ओखलढुंगाका ४, खोटाङका ५, झापाका ९, धनकुटाका १, मोरङका १११, संखुवासभाका ३, सुनसरीका १२२, धनुषाका १३, पर्साका १८, बाराका २५, महोत्तरीका ५, रौटहटका ८२, सप्तरीका १९, सर्लाहीका ५, सिरहाका ८, काठमाडौँका १००१, काभ्रेका १४, चितवनका ७५, दोलखाका ४, धादिङका ८, नुवाकोटका ८, भक्तपुरका ६७, मकवानपुरका १२, रामेछापका ६, ललितपुरका १०९ र सिन्धुपाल्चोकका २ जनामा कोरोना पुष्टि भएको छ।



यस्तै सिन्धुलीका ६, कास्कीका २२, गोरखाका ६, तनहुँका १०, नवलपरासीपूर्वका ८, पर्वतका १, म्याग्दीका १, लमजुङका ३, बाग्लुङका १, स्याङ्जाका २, अर्घाखाँचीका २, कपिलवस्तुका ६, गुल्मीका २, दाङका ४, नवलपरासी ६, पाल्पाका ७, प्यूठानका ६, बर्दियाका १०, बाँकेका १९, रुपन्देहीका ९८, रोल्पाका १, कालिकोटका १, दैलेखका ९, सुर्खेतका ४३, कञ्चनपुरका ५, कैलालीका ९३, डडेल्धुराका २, दार्चुलाका १, बझाङका १ र बाजुराका १ जनामा कोरोना पुष्टि भएकाे हो।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ६ पुरुष छन्।
सुनसरीकी २८ वर्षीया महिला, ललितपुरका ६७ वर्षीय पुरुष, काठमाडौँका ८३ र ६८ वर्षीय पुरुष, सिन्धुपाल्चोकका ४१ वर्षीय पुरुष, दोलखाका ६५ वर्षीय पुरुष, चितवनकी ७६ वर्षीया महिला र कैलालीका ७९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय २८ पुगेको छ।
मन्त्रालयका अनुसार शनिबार २ हजार ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। हाल देशभर २१ हजार ३ सय २ जना संक्रिय संक्रमित रहेका छन् भने ४ हजार २ सय ७३ जना क्वारेन्टिनमा छन्।
हाल २१७ जनाको आईसीयु र ३१ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।








