
काठमाडौं प्रदेशको नाम र राजधानीका विषयमा विवाद उत्पन्न भएपछि दलहरुका बीच एकै धारणा बनाउन सर्वदलीय बैठक भर्खरै सुरु भएको छ।प्रदेश ५ का सबै दलका प्रतिनिधिहरुको सम्मिलित सर्वदलीय बैठक सुरु भएको छ।
सबै दलका सांसदहरु सहभागी भई भर्खरै छलफल सुरु भएको सांसद रेवतीरमण शर्माले बताए।विवाद उत्पन्न भएपछि संसदमा पेश भएको प्रस्तावमाथि सर्वसम्मत धारणा बनाउन प्रयास थालिएको हो।सोमबार दिउसो १२ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। प्रदेश सभामा सबै दलको प्रतिनिधिले आ–आफ्नो धारणा राख्ने छन्। सभामा सर्वसम्मत नभए अल्पमत वा बहुमतबाट प्रदेश नाम र राजधानी टुंगो लाग्ने भएको छ।
शुक्रबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने प्रस्ताव राखेका थिए।
प्रस्तावका विषयमा सर्वसम्मत निर्णय गराउन शनिबार नेकपा प्रदेश ५ को संसदीय दलको बैठकले निर्णय गरेको थियो।











