काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, खोटाङका ३, झापाका १६, भोजपुरका १, मोरङका ८१, संखुवासभाका १, सुनसरीका ८, धनुषाका ९, पर्साका ८, बाराका ७, महोत्तरीका १, रौतहटका ५, सप्तरीका ३, सर्लाहीका ६, सिरहाका ७, काठमाडौँका १३७३, काभ्रेका १०, चितवनका ५२, दोलखाका २, धादिङका ८, नुवाकोटका १४, भक्तपुरका ३९, मकवानपुरका २२, रसुवाका २, रामेछापका २, ललितपुरका १८७, सिन्धुपाल्चोकका ८, कास्कीका ४ र तनहुँका १९ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै नवलपरासी पूर्वका ४०, लमजुङका ७, बागलुङका ३, स्याङ्जाका ४, कपिलवस्तुका ४, गुल्मीका ४, दाङका ९, नवलपरासीका १, पाल्पाका १५, प्यूठानका ५, बर्दियाका १३, बाँकेका ५०, रुपन्देहीका ५२, कालिकोटका १, दैलेखका ८, रुकुमपश्चिमका २, सल्यानका २, सुर्खेतका ५४, कञ्चनपुरका २१, कैलालीका ५५, डडेल्धुराका १, बझाङका १ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र तीन पुरुष छन्।
चितवनकी ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी पाँच दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ।
मन्त्रालयका अनुसार आइतबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २२ हजार २ सय १९ जना कोरोना संक्रमित रहेका छन् भने क्वारेन्टिनमा रहेकाहरुकाे संख्या ४ हजार २ सय ३ रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २२६ जनाको आईसीयुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।








