
दिपक भट्टाई,



पाणिनी गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण ईकाईद्वारा आयोजित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी पदाधिकारी तथा कर्मचारीहरुको २ दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका पदाधिकारी, वडा सचिव, सेवा प्रदायकका कर्मचारीहरुलाई लक्षित गरी सामाजिक सुरक्षा, पञ्जीकरण तथा चालू आ।व।मा सञ्चालन हुने डिजिटाईजेशन, दर्ता शिविर, गुनासो सुनुवाई, सञ्चार तथा पहुँच अभियान सञ्चालन लगायतका कार्यक्रमको वारेमा अभिमुखीकरण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष तथा अन्य पदाधिकारी र सबै वडाका सचिवहरु तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विकास शाखा प्रमुख कमल कान्त खनालले गाउँपालिकाकाले सबै वडाका दर्ता किताबहरु डिजिटाईजेशन गर्नका लागि सेवा प्रदायक छनौट गरी सेवा प्रदायक मार्फत अभिलेखहरुलाई व्यवस्थित गर्दै डिजिटल अभिलेखमा रुपान्तरण गर्न लागिएको बताउनु भयो । सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा तर्फ गाउँपालिकाका सबै वडाहरुबाट अनलाईन प्रणाली सञ्चालन भैसकेकोले डिजिटाईजेशन पश्चात पुराना अभिलेख खोज्न तथा प्रतिलिपि निकाल्न सेवाग्राहीहरुलाई सहज हुने साथै दोहरो दर्ता हुनबाट रोक्न सकिने बताउनु भयो । सोही कार्यक्रममा गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउने सबै लाभग्राहीहरुको अध्यावधिक विवरण सहितको डिजिटल परिचयपत्र सार्वजनिक गर्दै बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरुलाई सहज हुने तवरले भत्ता वितरणका लागी बैंक संग आवश्यक परामर्श थालिएको बताउदै जनताको आवश्यक्ता, प्राथमिकता र चाहना बमोजिम गाउँपालिकाका कार्यक्रमहरु पारदर्शी, मितव्ययी र जवाफदेही ढंगबाट अगाडि बढाईने वहाँले बताउनु भयो । कार्यक्रममा आफ्ना धारणा राख्दै गाउँपालिकाका अध्यक्ष श्री अच्युत गौतमज्यूले जनतालाई केन्द्रमा राखेर सेवाको प्राथमिकीकरण गर्नु पर्ने र सरल(सहज सेवा प्रवाहमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो । सेवा प्रवाहमा आईपरेका गुनासाहरु समयमै सम्बोधन गरी जनताको मन जितेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिदै वहाँले प्रविधिमैत्री समृद्ध गाउँपालिका निर्माण गर्ने अभियानमा सहयोग गर्न सरोकारवाला सबैलाई अनुरोध गर्नु भयो । २ दिन सम्म सञ्चालन गरिएको सो कार्यक्रममा पहिलो दिन पदाधिकारी र कर्मचारीको अभिमुखीकरण कार्यक्रम गरी दोस्रो दिन सेवा प्रदायकका डिजिटाईजेशन कार्यक्रममा खटिएका कर्मचारीहरुलाई ःक्ष्क् प्रणाली वारे तालिम दिईएको थियो । तालिम सञ्चालन सेवा ईकाईका एम।आई।एस। अपरेटर माधव प्रसाद घिमिरेले गर्नु भएको थियो









