असाेज २१,बुटवल ।
बुटवल धागाे कारखानामा रहेकाे बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
नवलपरासीका पुरुष गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यहि दिन अस्पतालमा भर्ना भएका थिए। दम र उच्च रक्तचापका बिरामी समेत रहेका उनको गएराती १२ बजेर ५० मिनेट जाँदा मृत्यु भएको हो।



त्यस्तै, बुटवल–९ की ५५ वर्षीया महिला गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएकी थिइन। उनको बुधबार बिहान साढे ५ बजे मृत्यु भएको डा.गौतमले बताए। सुख्खा खोकी र उच्च ज्वरो आएको भएपनि ती महिलामा अरु कुनैपनि दीर्घरोग नभएको बताईएको छ ।









