
असोज २१, अर्घाखाँची बल्कोट



बल्कोट सेबा समाज युएई ले खाद्यान्न हस्तान्तरण गरेको छ ।विश्व मा फैलिएको कोरोना महामारी ले निम्न बर्ग मा परेको समस्या लाई मध्यनजर गरि छत्रदेब गाउपालिका को वडा न २ र ३ मा रहेका ज्यालादारी मज्दुरि गरि जीवन यापन गरेका अति पिबन्न २० परिवार लाई प्रती परिवार एक बोरा चामल दाल नुन तेल र साबुन बितरण गरेको हो ।छत्रदेब गाउँ पालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद खनाल २ का वडा अध्यक्ष राजेस पन्थी वडा सदस्य तोमलाल भुसाल ,कमला अधिकारी समाज सेबि पोमनाराय पाण्डे धुर्बकुमार पाण्डे कमला पाडे दधिराम खनाल कुलचन्द्र खनाल बिबेक घिमिरे विभिन्न राजनीतिक दल का सदस्य हरु उपस्तिथि भएको कार्यक्रमको सञ्चाल्न छत्रदेब गाउपालिका वडा न २ का सचिब विशाल ओलि ले गर्नु भएको थियो ।
कार्यक्रम मा करिब ४६ हजार बराबर को खाद्यान्न सामाग्री हस्तान्तरण गरेको समाज का अध्यक्ष टुमलाल पाण्डे ले बताउनु भएको छ ।
बिगत दुई बर्स देखि कर्म थलो युएई बनाएका बल्कोटे युवा युवती ले गाउमा भएका आगालागी रोगी पिडित र निम्न बर्ग हरु लाई सहयोग गर्दै आएका छन सस्था ले हाल सम्म १० लाख बराबर को सहयोग गरेको छ ।









