बुटवल ।
बुटवलमा पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमित थपिएका छन् । बुटवल उपमहानगरका अनुसार वडा नम्बर ११ मा १३ जना, ८ मा ७ जना, ९ मा ५ जना, १३ मा ३ जना, ४, ५, ६ १२ मा २२ जना, १, ३, ७, १४ र १९ मा १/१ जना संक्रमित थपिएका छन् ।
भने ४ जना संक्रमितको वडा नखुलेको उपमहानगरले जनाएको छ । यो सँगै बुटवलमा कोरोना संक्रमितको संख्या १ हजार ३०७ पुगेको छ ।



जसमध्ये ७६३ जना डिस्चार्ज भएका छन् भने ५४४ संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।









