
उमेश बि क
पश्चिम नवलपरासीको पाल्हिनन्दनमा जोखिममा रहेका किशोरीहरुलाई अभिमुखिकरण तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।
सुनवल सामुदायिक बिकास केन्द्रको आयोजना तथा युनाइटेड मिसन टु नेपालीको सहयोगमा र पाल्हिनन्दन गाउँपालिकाको समन्वयमा प्राण परियोजना अन्तर्गत किशोरीहरुलाई अभिमुखिकरण तथा सामग्री वितरण गरिएको हो ।
सुनवल सामुदायिक बिकास केन्द्रको पुर्ब अध्यक्ष सन्जय कुमार श्रेष्ठको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पबित्रा कोहारको प्रमुख आतिथ्यतामा २० जना किशोरीहरुलाई कोरोना भाइसबाट बच्ने उपाय,लैङ्िगक समानता तथा ब्यक्तिगत स्वास्थ्य सम्बन्धि सचेतना गराई प्याड र नुहाउने साबुन २ वटा,लगाउने तेल ,पेस्ट ,स्याम्फु ,ब्रस, प्ढछ मास्क,सेनिटाइजर र नेलकटर १ र१ वटा गरि विभिन्न सामग्री बितरण गरिएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कोहारले कोरोनाबाट विश्व आतंकित भएको अवस्थामा सबैभन्दा धेरै जोखिम गर्भवती महिला ,बालबालिका ,जेष्ठ नागरिक र किशोरीहरु रहेका छन । कतिपय किशोरी यौन हिंसाका सिकार रहेको हुनाले यसप्रति खुलेर दोषिलाई कारवाहिको दायरामा ल्याउन पर्छ । गाउँघरमा महिला हिंसा ,चेलिबेटी बेचबिखन ,बालहिंसा ,बालविवाहका घट्ना घटिरहेको छ भने सम्बन्धित निकाय तथा गाउँपालिकामा खबर गर्न आग्रह गर्नुभएको हो।किशोरीहरु सरसफाइमा बिशेष ध्यान दिई पढाइलाई निरन्तर्ता तथा सिप सिखि अगाडि बढन सुझाव सहित पाएको सामग्रीको सहि सदुपयोग गरि सुनवल सामुदायिक बिकास केन्द्रको कार्यक्रममा हमेशा सहभागी भई समृद्ध गाउँपालिका बनाउनमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको हो । साथै सुनवल सामुदायिक बिकास केन्द्रले समुदायको लागि उदाहरणीय काम गर्दै आएको प्रशंसा ब्यक्त गर्दै कार्यक्रम वडा नं। ५,६ मा मात्र रहेको हुनाले सम्पुर्ण वडामा विस्तारको लागि पनि आग्रह गर्नुभएको हो।
कार्यक्रममा वडा नं। ४ का वडा अध्यक्ष सन्जय पाठक ,वडा नं। ५ का वडा अध्यक्ष ओम प्रकास गुप्ता ,रेडियो परासीको कार्यक्रम प्रमुख मालति न्यौपाने, सामाजिक परिचालन अशोक कुमार गुप्ता ,शक्ति कौशाल लगाएतको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजिकरण उमेश कुमार बि।क ले गर्नुभएको थियो।












