
अर्घाखाँची,असोज २३



अर्घाखाँची जिल्ला अस्पताल शुक्रवार देखि बन्द भएको छ । अस्पतालका चिकित्सक सहित विहिवार सम्म १९ जनामा कोराना सक्रमण भएपछि अस्पतालको इमरजेन्सी बाहेकका बन्द गरिएको हो ।
सक्रमित बाहेक चिकित्सक सहित अस्पताल सबै स्वास्थ्यकर्मीको स्वाव परिक्षणका लागि पठाईएकोले सो को रिर्पोट नआउजेल सम्मको लागि ईमर्जेन्सी सेवा बाहेक सबै सेवा बन्द गरिएको अस्पताल प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो । जिल्लामा रहेको एकमात्र अस्पताल बन्द भएपछि विरामिलाई भने सास्ती भएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय ६७ पुगेको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए। जिल्लाका समुदाय स्तरमा घुलमिल गर्नेहरुलाई कोरोना संक्रमण देखिएको छ।









