काठमाडौँ ।
नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेकाे छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ५९ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार उदयपुरका १, खोटाङका ३, झापाका ८, धनकुटाका २, भोजपुरका १, मोरङका ८६, संखुवासभाका १, सुनसरीका २६ जनामा कोरोना संक्रमण भएको छ।



यस्तै धनुषाका ३, पर्साका १५, बाराका ११, महोत्तरीका १७, रौतहटका ९, सप्तरीका १, सर्लाहीका ७, सिरहाका १, काठमाडौँका १११६, काभ्रेका ४०, चितवनका ५१, दोलखाका ३, धादिङका ७, नुवाकोटका ४, भक्तपुरका १३०, मकवानपुरका ६९, रामेछापका १९, ललितपुरका १६३, र सिन्धुलीका ११ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कास्कीका २८, गोरखाका १२, तनहुँका ८, नवलपरासीपूर्वका २५, पर्वतका ३, लमजुङका ३, बागलुङका २, स्याङ्जाका १, अर्घाखाँचीका ३, कपिलवस्तुका १, गुल्मीका ५, दाङका ६५, पाल्पाका २, प्यूठानका ३, बर्दियाका ९, बाँकेका ४५, रुकुमपुर्वका २, रुपन्देहीका ३, रोल्पाका २, कालिकोटका ५, दैलेखका ८, रुकुमपश्चिमका १, सल्यानका ३, सुर्खेतका ३, कञ्चनपुरका २, कैलालीका २, डोटीका १, तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउने ६०० पुगेका हुन्।
२४ घण्टामा ९ पुरुष र एक महिलाको मृत्यु भएको हो। झापाका २९ र ५२ वर्षीय पुरुष, सुनसरी ४६, ५२ र ६८ वर्षीय पुरुष, काठमाडौँका ७१ वर्षीय पुरुष र ८७ वर्षीया महिला, ललितपुरका ८४ वर्षीय पुरुष तथा रुपन्देहीका ४७ र ८४ वर्षीय पुरुषकाे काेराेनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शुक्रबार १ हजार ६ सय ८० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ भने ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३१८ जनाको आईसीयुमा र ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।








