बुटवल ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी र लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।शुक्रवार बिहान बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा दुबैको नतिजा कोरोना पोजेटिभ आएको हो ।
कोरोना आसंकामा सभामुख घर्तीको पिसिआर परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएकोले उनीसँग सम्पर्कमा आएका सबैले पिरसिआर परिक्षण गराउन प्रदेश सभा सचिवालयले आग्रह गरेको छ ।
सभामुख घर्तीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र अहिले सभामुख निवासमै आइसोलेसनमा रहेको उनको निजि सचिवालयले जनाएको छ ।



यसअघि आजै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार बिहान स्वाब परीक्षण गराएका केसीलाई कोरोना पुष्टि भएको रिर्पोट आएको प्रदेश सांसद इन्द्रजित थारुले बताए। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
केसीलाई कोरोना भएपछि उनी मन्त्री निवासमै आइसोलेनमा बसेका छन्।









