
काठमाडौ
– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रा डा जागेश्वर गौतमले दशैमा बुढापाकासँग गएर टीका लगाएर आर्शिवाद नलिन आग्रह गर्नु भएको छ सरकारले कोरोना संक्रमण भएकाले यस वर्षको दशैमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेको हो।
धेरै बुढापाकासँग गएर यस पटक टीका नलगाउँ प्रवक्ता गौतमले भन्नुभयो “बरु अनलाइन वा फोनबाट आर्शिवाद लिउँ।”
त्यस्तै प्रवक्ता गौतमले धेरै भीडभाडमा गएर टीका लगाउने र खाने काम नगर्न आग्रह गरेका छन्।
“तपाइँ हामीले आफ्नो पाका सदस्यहरुसँग आर्शिवाद लिने क्रममा संक्रमण सारेर के दुर्घटना त निम्त्याउने योजनामा छैनौं ”प्रवक्ता गौतमले भन्नुभयो “ त्यसो नगरौं, समयमै सचेत बनौं ।”
त्यस्तै उहाँले “दशैमा भीडभाडमा गएर किनमेल नगर्न,दशैमा भीडभाडमा गएर सपिङ नगरी भएकै लुगा कपडा र सरसमानको उपयोग गरी पुरानै लुगा लगाउँ । ”उहाँले भन्नुभयो “घरमै बनाएको खाने कुरा घरकै सदस्य मिलेर मात्रै खाउँ।”
नेपालमा कोरोना संक्रमण हुनेको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ६ सय ७६ पुगेको छ।नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ।
गौतमका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय पुगेको छ।











