
काठमाडौं
भारतको बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवले अदालतबाट जमानत पाएका छन् । भारतको बहुचर्चित चारा घोटलामा मुछिएका यादवलाई शुक्रबार झारखण्डको उच्च अदालतले चाइबासा कोषको अनियमिततामा जमानत दिने निर्णय गरेको हो । उनी मुख्यमन्त्री हुँदा उनले चाइबासा कोषबाट ३३ करोड ६७ लाख अवैधरुपमा निकालेका थिए ।
यद्यपि उनी अझै जेलबाट बाहिर भने आउन पाउने छैनन् । चारा घोटलाको दुमका कोषको मुद्दाबारे जमानतको टुङ्गो अझै लागिसकेको छैन । अदालतले यसमा पनि जमानत दिएको अवस्थामा उनी जेलबाट बाहिर आउन पाउनेछन् । दुमकामा अनियमितताको विषयमा आगामी नोभेम्बर ९ मा अदालतमा उनको जमानतको लागि याचिका दायर हुने अपेक्षा गरिएको छ ।












