
काठमाडौं



हाँस्य कलाकार हरिवंश आचार्य र उहाँ श्रीमती रमिलाले पीसीआर परीक्षण पछि दुबै जनामा कोरोना पोजिटिभ देखियो।दुबै जनालाई कोरोना पोजिटिभ देखिएपछि हरिवंशले तुरून्तै मदनकृष्ण श्रेष्ठलाई फोन जानकारी दिनुभयो । हरिवंश भन्नुभयो “दाई रमिला र मेरो पीसीआर परीक्षण गराएको, रिर्पोटमा त दुवैजनालाई पोजिटिभ पो देखायो त।” फोनमार्फत उक्त जानकारी पाएपछि मदनकृष्णलाई तनाब भयो ।मदनकृष्ण एकछिन झस्किनुभयो । । किनकी दुबै जना दुई दिन बिहानदेखि बेलुकासम्म एउटा शुटिङ व्यस्त हुनुहुन्थ्यो ।त्यसपछि उहाँलाई पनि शतप्रतिशत कोरोना संक्रमण भएको अनुमान भयो । “दुई दिनसँगै थियौं। फेरि एउटै गाडीमा चढेका थियौं। त्यसमाथि म त पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँच थरि औषधी खाइराखेको मान्छे,” मदनकृष्णले भन्नुभयो।
हुन त उनी केही हुँदैन भन्नेमा ढुक्क थिए। तर पनि मनले मानिरहेको थिएन। ह लाई समातेपछि म लाई के बाँकी राख्ला र, समात्यो होला भनेर घरमै आइसोलेनमा बसे।
आज बिहानै बी एण्ड बी अस्पतालमा पीसीआर परीक्षण गराए। रिपोर्ट नेगेटिभ आयो। घरमै बसिरहेका मदनकृष्णलाई बी एण्ड बी अस्पतालका डा। रीना बैद्यले फोन गर्नुभयो । तपाईको पीसीआर रिपोर्ट नेभेटिभ आको छ हैं अंकल।
आफ्नो रिपोर्ट नेगेटिभ आएको कुरा तुरून्तै फोन गरेर हरिवंशलाई जानकारी गराउनुभयो । रिपोर्ट नेगेटिभ आएको थाहा पाएपछि हरिवंशले भन्नुभयो, “ओहो दाई, खबर सुनेर मेरो त मनै हलुका भयो। मलाई आफ्नो भन्दा तपाईंको बढी चिन्ता लागिरहेको थियो।”








